१९ हजार ८६९ को परीक्षणमा साढे ६ हजार बढी संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ८९ हजार ओर्लियो र मृत्यु कति ?

४ बर्ष अगाडि

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा साढे ६ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  

१९ हजार ८६९ जनामा परीक्षण गर्दा ६ हजार ८२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही अवधिमा ५ हजार ४३२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ४४ हजार ७४ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २४ हजार ८५८ जना पुगेको छ।

संक्रमितमध्ये हालसम्म ८ लाख ४२ हजार ४३६ जना निको हुँदा कुल ११ हजार ६९७ जनाको मृत्यु भएको छ। हाल देशभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया