काठमाडौं, नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ औँ वार्षिक साधारण सभा (माघ १४ गते) आज शुक्रबार सम्पन्न भएको छ । सभा धादिङको नौविसेस्थित नौविसे एग्रो रिसोर्ट भर्चुअल माध्यमबाट भएको हो ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने सम्झौता बदर भएकाले उक्त निर्णयलाई अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले १६ गतेदेखिनै बुक क्लोज गरेको हुदाँ पुस १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गरेका छन् ।
प्रतिक्रिया