काठमाडौं, अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफर ल्याएको छ।
लस्कर फुड्सले सुपर बजेट कम्बो अफर नाम गरेर मात्र ४९९ रुपैयाँमा कम्बो अफर बजारमा ल्याएको हो। लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो। ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ।
लस्कर फुड्सको प्रमुख आकर्षण नै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरमै उपलब्ध गराउने लक्ष्य छ। तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु नै लस्कर फुड्सको प्रमुख उद्देश्य भएको कम्पनीको भनाइ छ।
प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने व्यवस्था रहेको छ। यसका साथै लस्कर फुड्सले आफ्नो सेवा समय विस्तारसमेत गरेको छ। लस्कर फुड्सले बिहानको ३ बजे सम्म खाना खाजा पुर्याउने सेवासहित आकर्सक उपहार ल्याएको छ।
प्रतिक्रिया