काठमाडौं - रिभर फल्स पावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले आफ्नो छैठौं वार्षिक साधारण सभा फागुन ६ गते कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा बोलाएको हो ।
साभा बिहान ११ बजेबाट सुरु हुने छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्षका २०७८/०७९ का लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।
साथै सभाले नयाँ जलविद्युत आयोजना लगानी गर्ने अख्यिातारी संचालक समितिलाई दिने प्रस्ताव पारित गर्ने छ ।
प्रतिक्रिया