काठमाडौं - बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सलाई जरिवाना गर्ने भएको छ ।
बीमासमितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेकालाई सहायक महाप्रवन्धक नियुक्ति गरेपछि कम्पनीलाई समितिले १० हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको हो ।
कम्पनीले अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुक्ति गरेको छ । कम्पनीले बीमा समितिबाट जारी निर्देशिका बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको भन्ने उजुरी समितिमा प्राप्त भएको थियो ।
साथ उक्त कम्पनीबाट आवश्यक प्रतिवेदन÷विवरण झिकाई अध्ययन गर्दा पनि कम्पनीले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा तोकिएको व्यवस्थाको उल्लङ्घन गरेको देखिएको समितिले जनाएको छ ।
प्रतिक्रिया