काठमाडौं - राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ६ महिना सम्म आइपुग्दा ३ करोड ६८ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुष मसान्तसम्मको वित्तिय विवरणले यस्तो देखाएको छ ।
विवरण अनुसार संस्थाको खुद नाफा १४८ प्रतिशतले बृद्धि भएको हो । गत आवमा सोहि अवधिमा १ करोड ४८ लाख १९ हजार खुद नाफा कमाएको थियो ।
यस्तै समिक्षा अवधिमा खुद ब्याज आम्दानी ५७ प्रतिशतले बढेर ११ करोड २२ लाख ६९ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १५२ प्रतिशतले बढेर ५ करोड ७३ लाख १७ हजार रुपैयाँ पुगेको छ ।
गत आवको यसै अवधिसम्ममा संस्थाले खुद ब्याज आम्दानी ७ करोड ११ लाख ८० हजार रुपैयाँ र संचालन नाफा २ करोड ७३ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको थियो । यस आवमा लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफामा उत्कृष्ट सुधार आएसँगै कम्पनीले नाफामा उल्लेख्प्य बृद्धि गरेको हो ।
त्यस्तै, यस अवधिसम्ममा लघुवित्तले ७२ करोड ९८ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब १३ करोड ४ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापटी लिई ३ अर्ब २ लाख ८१ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ ।
प्रतिक्रिया