काठमाडौं- वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। हाल नेपालमा २७ वाणिज्य बैंक रहेका छन् र सबै वाािणज्य बैंकले चालु आवको पुस मसान्तसम्मको वित्तिय विववरण प्रकाशित गरिसेकका छन् ।
विवरण अनुसार वाणिज्य बैंकहरुको खुद नाफा १० प्रतिशत बढीले वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यी बैंकहरुको खुद नाफा १०.१० प्रतिशत बढेको हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकहरुले ३१ अर्ब ७ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । चालु आर्थिक वर्षको सोही अवधिसम्ममा यी बैकहरुले कुल ३४ अर्ब २१ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएका छन्।
सर्वाधिक नाफा कमाउनेमा कुन बैक ?
रकमका आधारमा सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । सो बैंकले पुस मसान्तसम्ममा २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशत बढी हो।
सो अवधिसम्ममा २७ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम नाफा भने सिभिल बैंकको रहेको छ। बैंकले सो अवधिसम्ममा ५० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ।
३ बैंकको नाफा २ अर्बभन्दा बढी
समीक्षा अवधीसम्म ३ बैंकहरुले भने २ अर्बभन्दा बढी खुद नाफा कमाएका छन्। सो अवधिसम्ममा ग्लोबल आइएमई बैंक, एनआईसी एशिया बैंक र नबिल बैंकले २ अर्बभन्दा बढी नाफा कमाएका हुन्। पुस मसान्तसम्ममा ग्लोबल आइएमई बैंकले २ अर्ब ६६ करोड, एनआईसी एशियाले २ अर्ब ४० करोड र नबिल बैंकले २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा पनि यी तीन बैंकले २ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेको थियो।
१६ बैंक अर्ब क्लबमा
पुस मसान्तसम्ममा १६ वाणिज्य बैंकहरु अर्बपति क्लबमा सामेल हुन सफल भएका छन्। अर्थात १६ वाणिज्य बैंकहरुले १ अर्बभन्दा बढी नाफा कमाउन सफल भएका छन्। जसमध्ये ३ बैंकको नाफा २ अर्ब नाघेको छ भने बाँकी १३ बैंकले १ अर्बभन्दा बढी नाफा कमाउन सफल भएका छन्। यस क्लबमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ भने माछापुच्छ्रे बैंक अन्तिममा रहेको छ।
वृद्धिदर भने सिभिल बैंककै बढी
बैंकले समीक्षा अवधिमा खुद नाफा १४८.४२ प्रतिशत बढाउन सफल भएको छ। त्यसैगरी, दोस्रो स्थानमा रहेको सिद्धार्थ बैंकको नाफा ७१.६८ प्रतिशत बढेको छ।
२१ बैंकको नाफा बढ्दा ६ बैंकको घट्यो
गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २१ बैंकको खुद नाफा बढेको छ भने ६ बैंकको खुद नाफा घटेको छ। समीक्षा अवधिमा प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक, नेपाल बङ्गलादेश बैंक, प्रभु बैंक, सनराइज बैंक र कुमारी बैंकको खुद नाफा घटेको हो।
कुन बैंकको कति नाफा ?
प्रतिक्रिया