बैंक अफ काठमाण्डूले बिक्रीमा ल्यायो २६ हजार बढि कित्ता संस्थापन शेयर, न्यूनतम मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडले २६ हजार बढि कित्ता संस्थापन शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको २६ हजार ३५२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवेनद दिनु पर्ने छ । इच्छुक आवेदकले आवश्यक कागजात संकलन गरी कम्पनीको सचिव कार्यालयमा आवेदन पेश गर्ने सक्ने बैंकले जनाएको छ । 

उक्त शेयर प्रतिकित्ता न्यूनतम २१० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अकिंत गरि आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया