काठमाडौं, वोमी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार लघुवित्तले चालु आवको पुस मसान्तसम्ममा ८ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ६५.०८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा लघुवित्तले ५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो अवधिमा लघुवित्तको सञ्चालन मुनाफा पनि ६१.९४ प्रतिशतले बढेर १३ करोड ६५ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ८ करोड ४३ लाख रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७७.४८ प्रतिशतले बढेर २० करोड ७४ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ११ करोड ६८ लाख रुपैयाँ रहेको थियो।
चालु आर्थिक वर्षको ६ महिनामा लघुवित्तले ३ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ६९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा लघुवित्तले १ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।
चुक्तापुँजी ४९ करोड ३३ लाख रुपैयाँ रहेको लघुवित्तको रिजर्भको आकार ११०.०५ प्रतिशतले बढेर ३० करोड ८६ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १४ करोड ६६ लाख रुपैयाँ भएको थियो।
लघुवित्तको वार्षिकीकृत प्रतिशेयर आम्दानी ३५.४९ रुपैयाँ रहेको छ। पीई रेसियो ३७.७९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६२.४४ रुपैयाँ रहेको थियो।
प्रतिक्रिया