चिलिमे जलविद्युतद्धारा लाभांश शेयरधनीको बैंक खातामा जम्मा, बोनस शेयर नेप्सेमा सूचीकृतपछि पठाउने

३ बर्ष अगाडि

चिलिमे जलविद्युतद्धारा लाभांश शेयरधनीको बैंक खातामा जम्मा, बोनस शेयर नेप्सेमा सूचीकृतपछि पठाउने 

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा गर्न सुरु गरेको छ ।

कम्पनीले माघ ५ गते साधारण सभाबाट आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७।५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७.५ प्रतिशतत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको थियो । 

उक्त पारित गरेको ७.५ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गर्ने सुरु गरेको हो । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धीत शेयरधनीहरुको हितग्राही ९डिम्याट० खातामा जम्मा गर्ने कम्पनीले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया