एसियन लाइफको साधारणसभा गर्ने स्थान परिवर्तन, नया स्थान कहाँ ?

४ बर्ष अगाडि

काठमाडौं, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा गर्ने स्थान परिवर्तन गरेको छ । 

बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आयोजना स्थान परिवर्तन गर्ने निर्णय गरेको हो। अब कम्पनीको वार्षिक साधारणसभा काठमाडौँको मैतीदेवीस्थित प्रधान कार्यालयमा बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट हुनेछ। 

यसअघि कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा वीरगजन्जको आदर्शनगरस्थित  होटेल दियाली लर्डस प्लाजामा बिहान ११ः३० बजेदेखि गर्ने निर्णय गरेको थियो। 

कम्पनीले वार्षिक साधारणसभा भने यही माघ २१ गते डोकेको छ। 

सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल २७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २ प्रतिशत नगद लाभांश छन्।

सभाले बोनस सेयर जारीपश्चातको हदसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले माघ १२ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसको अर्थ माघ ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

 

४ बर्ष अगाडि

प्रतिक्रिया