काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयरधनीहरूले १०.५२ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले लाभांश पारित गर्ने घोषण गरे सँगै लाभांश पाउने भएका हुन् ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

प्रतिक्रिया