काठमाडौं - लाभांश पारित गर्न जानकी फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न २५औं साधारण सभा बोलाएको हो ।
कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार साधारण सभा फागुन ७ गते, होटल मानकी इन्टरनेशनल प्रा.लि., शिवचौक, जनकपुरधाममा हुने छ । सभा बिहान १० बजेदेखि सुरू हुने कम्पनीले जनाएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि २४ गतेदेखि फागुन ६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया