काठमाडौं - समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ महिना सम्म आइपुग्दा ८ करोड ५० लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १००.२८ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ४ करोड २४ लाख ८१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ८१.५९ प्रतिशतले बढेर १७ करोड ९५ लाख २ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ९ करोड ८८ लाख ५० हजार रूपैयाँ रहेको थियो ।
दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि १०२.३० प्रतिशतले बढेर १३ करोड ५० लाख ५० हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ६ करोड ६७ लाख ५६ हजार रूपैयाँ मात्र सञ्चालन मुनाफा गरेको थियो ।
संस्थाको प्रतिसेयर आम्दानी ९ईपीएस० ३४ रुपैयाँ ४४ पैसा रहेको छ । संस्थाको ईपिएस गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १२।८९ रुपैयाँले बृद्धि भएको हो । संस्थाको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ०७ पैसा रहेको छ ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी ४९ करोड ४० लाख रुपैयाँ र जगेडा कोषमा १९ करोड ३० लाख २५ हजार रुपैयाँ सञ्चित रहेको छ ।
प्रतिक्रिया