काठमाडौं - आकर्षक तलब र सुविधासहित वैदेशिक रोजगारीको झुटो प्रलोभन दिएर भिजिट भिसामा यूएईलगायत खाडीका विभिन्न देशमा पुर्याएर अलपत्र पार्ने कार्य अहिले बढेको छ ।
स्रोतका अनुसार भिजिट भिसाको सेटिङमा वार्षिक १ अर्ब २० करोड रुपैयाँ घुस बापत कारोवार हुने आँकलन गरिएको छ । गत एक वर्षमा अनुमानित ८० हजार नेपालीहरु भिजिट भिसामा यूएई गएको स्रोतले जनाएको छ ।
त्यसमा बढीमा २० हजार आफन्त र ट्राभल्समार्फत वास्तविक पर्यटक रहेको र बाँकीका ६० हजार नेपाली सेटिङ मिलाएर रोजगारीको उद्देश्यले गएको स्रोतले उल्लेख गरेका छन् ।
एक जना बराबर २० हजार रूपैयाँ एयरपोर्ट अध्यागमन कर्मचारीलाई घुस दिनुपर्ने छ । साथै त्यसवापत एक वर्षमा १ अर्ब २० करोड रुपैयाँ कारोवार हुने र यति ठूलो रकमको घुस कारोवार राजनैतिक संरक्षण बिना कर्मचारीको मिलेमतोमा मात्र सम्भव नहुँने बताइएको छ ।
प्रतिक्रिया