काठमाडौं - सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष ६ महिना सम्म आइपुग्दा ३ करोड ५० लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २०.३४ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा बैंकले ४ करोड ३९ लाख ४२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्म फाइनान्सको खुद व्याज आम्दानी भने २३ प्रतिशतले बढेर ११ करोड १४ लाख ३२ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा फाइनान्सको खुद व्याज आम्दानी ९ करोड ५ लाख ८ हजार रूपैयाँ रहेको थियो ।
दोश्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सको सञ्चालन मुनाफा पनि ४५ प्रतिशतले घटेर ४ करोड ९६ लाख २६ हजार रूपैयाँ पुगेको छ । गत वर्ष फाइनान्सले ९ करोड १५ लाख ८९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
त्यस्तै, फाइनान्सको चुक्ता पुँजी ८८ करोड १० लाख ३५ हजार रुपैयाँ र जगेडा कोषमा २३ करोड ५ लाख ९६ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ७५ पैसा रहेको छ ।
प्रतिक्रिया