६ कम्पनीले निष्कास गर्न लागेको एक अर्ब ७६ करोडको आईपीओ एकै पटक निष्कासन गर्न नमिल्ने

४ बर्ष अगाडि

काठमाडौं - कार्तिक २१ यता निष्कासन नभएको आईपीओ पुनस् शुरु हुन लागेको छ । नेपाल धितो पत्र बोर्डले गत माघ ९ गते एकै पटक ६ कम्पनीको प्राथमिक शेयर निष्कासन स्वीकृति दिएसँगै आईपीओ निष्कासन प्रक्रिया पुनस्  सुचारु हुन लागेको हो ।

एकै दिन ६ कम्पनीले प्राथमिक शेयर निष्कासनको स्वीकृति पाएसँगै सबै कम्पनीहरू शेयर निष्कासन प्रक्रियामा छन् । सबै कम्पनीले प्रक्रिया अघि बढाएका भए पनि ती सबैले एउटै मितिमा प्राथमिक शेयर निष्कासन गर्न नपाउने भएका छन् । 

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)ले ती सबै कम्पनीलाई एउटै मितिमा निष्कासन गर्न नदिने भएको हो । सिडिएससिले अनुसार प्रविधिले धान्न सक्ने गरी मात्रै निष्कासन अनुमति दिइने छ । 

६ कम्पनीले एक अर्ब ७६ करोड रुपैयाँ बराबरको एक करोड ७६ लाख कित्ता शेयर निष्कासन हुने छन् । जसमा सबैभन्दा बढी ग्रिन भेन्चरले ६२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने छ भने दोस्रोमा इमरजिङ नेपाल छ । 

उसले ५५ लाख ५६ हजार कित्ता शेयर निष्कासन गर्ने छ । बाँकी तीन कम्पनीले २२ लाख सात सय ५० कित्ता शेयर निष्कासन गर्ने छन् । शेयर निष्कासन गर्ने कम्पनीहरूमा तीन लघुवित्त कम्पनी छन् भने दुई जलविद्युत छन् । एक कम्पनी लगानी समूहको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया