भिजिट भिसामा विभिन्न देश पुर्‍याउनेलाई कारबाही, २४ घण्टै गुनासो सुनिने

३ बर्ष अगाडि

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)ले आकर्षक तलब र सुविधासहित वैदेशिक रोजगारीको झुटो प्रलोभन दिएर भिजिट भिसामा यूएईलगायत खाडीका विभिन्न देशमा पुर्‍याएर अलपत्र पार्नेहरूलाई कारबाही गरेरै छोड्ने बताएका छन् । 

बिहीबार मन्त्रालयमा भिजिट भिसामा यूएई गएर अलपत्र परी दुःख झेलेर फर्किएका युवाहरूको  समस्या सुनेपछि मन्त्री श्रेष्ठले उक्त आश्वासन दिएका हुन् । आकर्षक तलब, सुविधासहितको रोजगारीको प्रलोभन देखाई विदेश लगेर अलपत्र बनाउने जो केहीलाई कारबाही गरिने मन्त्री श्रेष्ठको भनाइ छ । 

भिजिट भिसामा लगेर अलपत्र पार्नेहरूलाई कारबाही गर्न मन्त्रालयका उपसचिव तथा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का प्रहरी नायब उपरीक्षक सम्मिलित मार्शल प्रकृतिको कार्यदल गठन गरिसकेको भन्दै मन्त्री श्रेष्ठले भिजिट भिसामा लगेर अलपत्र पार्नेहरूलाई कारबाही गर्न गहिरो अनुसन्धानको शुरूवात गरिएको समेत बताए । 

आगामी आइतबारदेखि २४ सै घण्टा सेवा उपलब्ध हुने गरी मन्त्रालयमा गुनासो सेन्टर स्थापना गर्न लागिएको जानकारी दिएका छन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया