काठमाडौं - अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको माघ १३ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार चौथो वार्षिक साधारण सभा फागुन ६ गते युनाईटेड वल्ड ट्रेड सेन्टर ञिपुरेश्वर काठमांडौमा बोलाएको हो ।
सभा बिहान ११ बजेबाट सुरु हुने छ । कम्पनीले गत आर्थिक बर्षको मूनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।
त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले २४ माघमा बुक क्लोज गर्नेछ । यसअनुसार २३ माघसम्म कायम सेयरधनीले मात्रै साधारणसभामा सहभागि हुन पाउनेछन् ।
प्रतिक्रिया