काठमाडौं - अभियान लघुवित्त वित्तीय संस्थाले साधारण शेयर ९आइपीओ० निष्काशन गर्ने भएको छ ।
कम्पनीले १ सय रुपैयाँ अंकित दरको ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ कित्ता सधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको हो ।
कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यसका लागि कम्पनीहरुबिच सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया