साउदी अरबले आगामी मार्च ३१ सम्म अकामाको नवीकरणमा शुल्क नलिने

३ बर्ष अगाडि

काठमाडौं - साउदी अरबले आगामी मार्च ३१ सम्म अकामाको नवीकरण, एक्जिट र रि–ईन्ट्री भिसाको म्याद थप गर्न शुल्क नलिने बताएको छ ।

साउदी अरबको सरकारी निकाय जवाजतले कोरोनाका कारण विभिन्न मुलुकहरुबाट साउदी अरब आउन यात्रा बन्देज लागेका कारण समस्यामा पर्न सक्ने विदेशी कामदार समेतलाई सहयोग पुर्‍याउन शुल्क नलिने निर्णय गरिएको बताइएको छ । 

यसैबीचमा म्याद सकिने अकामा तथा एक्जिट र रि–ईन्ट्री भिसाको म्याद स्वतः मार्च ३१ सम्म थपिने बताइएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया