काठमाडौं - सवारी साधनमा जोर–बिजोर प्रणाली लागू नगर्न नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले माग गरेका छ ।
महासंघले सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने भन्दै तत्काल फिर्ता गर्न माग गरेको हो ।
कोरोना महामारी नियन्त्रण गर्न भन्दै उपत्यकाका जिल्ला प्रशासनहरुले माघ ७ गते मध्यरातबाट लागु हुने गरि जोर–बिजोर प्रणाली लागु गरेको छ ।
जसका कारण सवारी साधनको संख्यामा कमी हुँदा यात्रुहरुको थप चाप बढ्नुका साथै कोरोनाको जोखिम झन बढेको महासंघले जनाएको छ ।
प्रतिक्रिया