काठमाडौं, यूएईको एक कम्पनीले नेपाली पुरुष कामदारको माग गरेको छ । LAWAJET COMPANY ALAIN कम्पनीले १०० जना नेपाली पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित तलब २५ हजार ९९२ पाउनेछ । इच्छुक कामदारले H.M.T.Overseas Pvt.Ltd. Tinkune को कार्यालय महाराजगन्ज काठमाडौंमा माघ २० गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ । भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क , विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
प्रतिक्रिया