काठमाडौं, सूर्या लाइफ इन्स्योरेन्सले घातक रोग विरुद्धको १० लाख बराबरको दावी रकम हस्तान्तरण गरेको छ ।
इन्स्योरेन्सले इस्मा गा.पा. वडा नं.४ गुल्मीका बीमित मधु खत्रीलाई सो रकम हस्तान्तरण गरेको हो । खत्रीले रु १० लाख बीमाङ्कको बीमालेख लिएको १ वर्ष बिते लगत्तै मृगौला फेल भएको र कम्पनीले १८ घातक रोगहरु को रक्षावरण हुने गरी घातक रोग सुविधा प्रदान गर्ने गरेकोमा निज खत्रीले बीमाशूल्क रकममा थप रु. १६९० भुक्तान गरी घातक रोग सुविधा लिएकोले कम्पनीले घातक रोग बापतको बीमाङ्क रु. १० लाख खत्रीलाई हस्तान्तरण गरेको हो । उक्त दावी पश्चात पनि उनको पोलिसीमा घातक रोग बाहेको सम्पूर्ण सुविधा यथावत रहि निरन्तर रहने कम्पनीले जनाएको छ ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रवन्धक नरोत्तम ढकाल, दावी बिभाग प्रमुख राजु राजचल र दावी बिभागका कर्मचारी तारणी कटुवालको उपस्थितिमा मधु खत्रीलाई प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का ज्यूले चेक हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया