एनआईबिएल समृद्धि फन्ड–१ को शेयर र ऋणपत्र लिलामीमा बिक्री गरिदैँ

४ बर्ष अगाडि

काठमाडौं, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा रहेको पहिलो सामूहिक लगानी योजना ‘एनआईबिएल समृद्धि फण्ड–१’ गत पुस ०९÷२२ गते परिपक्व भएको थियो । त्यसैले योजना खारेजीमा लैजाने क्रममा एनआईबिएल समृद्धि फन्ड–१ को स्वामित्वमा रहेको साधारण शेयर तथा ऋणपत्रहरु बोलकबोलका माध्यमबाट बिक्री गर्ने भएको छ।

संस्थाले जारी गरेको सूचनाअनुसार उक्त साधारण शेयरहरु न्यूनतम मूल्य रु. १०० का दरले तथा ऋणपत्रहरु न्यूनतम मूल्य रु. १००० का दरले बोलकबोलको माध्यमबाट आवेदन दिन सकिने जनाएको छ।

यसका साथै शेयर खरिदका लागि योग्य रहेका इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघसंस्थाले आज माघ १३ गतेदेखि माघ २० गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाडौँ लाजिम्पाटस्थित कार्यालयमा आफूले लिन चाहेका शेयर र ऋणपत्र दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेस गर्न सकिने जनाएको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया