अभियान लघुवित्तले ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्दै,बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

४ बर्ष अगाडि

काठमाडौं-अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्ने भएको छ। हाल कम्पनीको अधिकृत पूँजी रु.३० करोड, जारी पुँजी रु. २५ करोड र चुक्ता पूँजी रु. १५ करोड २५ लाख रहेको छ। आईपीओ बिक्रीपछि संस्थाको चुक्ता पुँजी रु.२५ करोड हुनेछ। 

कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत रोशकुमार अधिकारी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।

काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले नेपाल राज्यभर ६० वटा शाखा कार्यालयमार्फत २४ हजार ८८३ जना विपन्न वर्गका महिलालाई समूहमा आवद्धध गरी रु.२४ करोड ६२ लाख ९५ हजार बचत संकलन तथा रु.१९९ करोड ९० लाख २९ हजार कर्जा प्रवाह रहेको छ। यसैगरी गत आर्थिकको आसार मसान्तसम्ममा रु. १ करोड ७७ लाख खुद मुनाफामा रहेको संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा रु. १ करोड ३७ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया