काठमाडौं,नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
२१ हजार ८०८ जनामा परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, सोही अवधिमा ५ हजार २९२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ३९ हजार २६७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २२ हजार ८३८ जना पुगेको छ।
संक्रमितमध्ये हालसम्म ८ लाख ३७ हजार ४ जना निको हुँदा कुल ११ हजार ६८७ जनाको मृत्यु भएको छ। हाल देशभर ९० हजार ५७६ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया