गत वर्षमा नोक्सानीमा रहेको जानकी फाइनान्सको नाफमा साढे ३ करोड माथि, प्रतिशेयर आम्दानी कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं, जानकी फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण प्रकाशित गरेको छ । 

वित्तिय विवरण अनुसार फाइनान्सले चालु आर्थिक वर्षको पुसमसान्तसम्ममा ३ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा ३ करोड ३ लाख रुपैयाँ नोक्सानीमा रहेको फाइनान्सले नाफा बढाउन सफल भएको हो ।

यस अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ६५.३० प्रतिशत, नेट फि कमिशन ९३.९१ प्रतिशतले बढेरको छ । यस्तै गत आर्थिक वर्ष ३ करोड ४५ लाख रुपैयाँ ऋणत्मक रहेको फाइनान्सको संञ्चालन मुनाफा पनि ४ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

फाइनान्सले ३ अर्ब ८ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९९ करोड ७२ लाख कर्जा लगानी गरेको छ ।

फाइनान्सले ९ करोड ५१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ६५.३० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५ करोड ७५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

चुक्ता पूँजी ६० करोड ४ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा २० करोड ५४ लाख रुपैयाँ संञ्चित रहेको छ ।

यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८५ पैसा, प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात ६० गुणा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया