काठमाडौं- साता अन्तिम कारोबारको दिन (बिहीबार) नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से परिसुचक ३.२९ अंकले बढेको हो ।
नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँको कारोबार भएको छ ।
आज ३ अर्बमाथि कारोबार सीमित हुँदा सर्वाधिक नेशनल लाइफ इन्स्योरेन्सको भएको छ । कम्पनीको २० करोड २ लाख ६९७ रुपैयाँको कारोबार भएको हो ।
यस्तै, नेपाल दूरसञ्चार कम्पनीको ११ करोड ४७ लाख, अपि पावरको ११ करोड १७ लाख, शिखर इन्स्योरेन्सको १० करोड ९९ लाख र आइएमई जनरल इन्स्योरेन्सको ९ करोड २५ लाख भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया