कारोबारको अन्तिम दिन यी ५ कम्पनीका लगानीकर्ता मालामाल, कुनको शेयरमूल्य कति प्रतिशतले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं-साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ५ कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । 

बिहीबार विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका हुन् । दुवै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । विन नेपाल लघुवित्तको प्रतिकित्ताको मूल्य रु. १ हजार ३३८.२० र बुद्धभूमि नेपालको रु.५०९.५० पुगेको छ ।

यस्तै, सिईडिबि हाइड्रोपावरको शेयरमूल्य ८.७२ प्रशितले बढेर प्रतिकित्ताको मूल्य रु.१ हजार १०,अजोड इन्स्योरेन्सको ७.२८ प्रतिशतले बढेर रु.७८० र एनआरएन इन्फ्रास्क्चर एण्ड डेभलपमेन्टको ७.१६ प्रतिशतले बढेर रु.७१८ पुगेको हो । 

कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २२४ कम्पनीमध्ये ९० कम्पनीको शेयरमूल्य वृद्धि भएको छ । शेयरमूल्य वृद्धि भएका माथिका ५ कम्पनी बाहेक अन्य कम्पनीको शेयरमूल्य ५.२० प्रतिशत र सो भन्दा कम प्रतिशतले वृद्धि भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया