काठमाडौं - उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा १ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुष मसान्तसम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
वित्तीय विवरण अनुसार उक्त नाफा गत वर्षको सोहि आवधिको तुलनामा ५२ प्रतिशतले घटेको हो । गत आवमा संस्थाले ३ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको संचालन मुनाफा बढेको छ । गत आवको ६ महिनामा ३४ करोड ११ लाख ऋणात्मक रहेको संस्थाको संचालन मुनाफा यस आवको ६ महिनामा २ करोड २६ ले बढेको हो ।
त्यस्तै कम्पनीको गत आवमा ६ करोड १६ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी ७ प्रतिशतले बृद्धि भएर ६ करोड ६० लाख रुपैयाँ पुगेको छ । चालु आवको पुष मसान्तसम्ममा संस्थाको कर्मचारी तलब खर्च २ करोड ६७ लाख रुपैयाँबाट बढेर ४ करोड ३९ लाख पुगेको छ ।
कम्पनीले समिक्षा अवधिमा ९५ करोड ६९ लाख सापटी लिएर ८९ करोड ८७ लाख निक्षेप संकलन गरी २ अर्ब १३ करोड ११ लाख भन्दा बढी कर्जा लगानी गरेको छ ।
साथै समिक्षा अवधिसम्ममा कम्पनीको चुक्तापूँजी ४ करोड २० लाख रुपैयाँ रहेकोमा जगेडा कोषमा १४ करोड ५८ लाख रुपैयाँ संचित रहेको छ । कम्पनीको खुद सम्पत्ती २ अर्ब २९ करोड ८८ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया