काठमाडौं-साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा अपि पावर कम्पनीको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।
आज कारोबार सुरु भएको करिब अन्तिम समय(२ बजे ५८ मिनेट) सम्म कम्पनीको ३ लाख ५२ हजार १७६ कित्ता शेयर खरिद माग भएको हो ।
यस्तै, सोही अवधीसम्म कम्पनीको शेयरमूल्य ०.२० प्रतिशत अर्थात एक रुपैंयाले मात्र बढेर प्रतिकित्ता रु.५१३ पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको ८२ हजार ९३४ कित्ता शेयर बिक्री माग भएको छ ।
प्रतिक्रिया