काठमाडौं - मुक्तिनाथ क्यापिटलले साधना लघुवित्तको फ्र्याक्सनको सेयर एकिकृत गरेर सेयरधनीको खातामा पठाएको छ ।
साधना लघुवित्तले साधारण सेयर निष्कासनपछि दुई आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरेको थियो । साधनाले आर्थिक वर्ष २०७६/०७७ मा १८ प्रतिशत र २०७७/०७८ मा २५ प्रतिशत बोनस सेयर वितरण गरेको छ ।
सो अनुसार सार्वजनिक निष्कासन मार्फत १० कित्ता साधारण सेयर पाएका सेयरधनीसँग हाल १४.७५ कित्ता हुनुपर्छ । क्यापिटलले १३ कित्ता मात्र सेयरधनीको खातामा पठाएको थियो ।
बाँकी रहेको एक कित्ता सेयर पनि पठाएपछि सेयरधनीको खातामा १४ कित्ता सेयर कायम भएको छ ।
प्रतिक्रिया