काठमाडौं, बलिउड अभिनेत्री तथा चर्चित टेलिभिजन स्टार मौनी राय विवाह बन्धनमा बाँधिएकी छन् । बिहीबार उनले प्रेमी सुरज नाम्बियारसँग गोवामा विवाह गरेकी हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार मलयाली र बंगाली रीतिरिवाजअनुसार उनीहरुको विवाह बन्धनमा बाँधिएका हुन् । विवाहमा उनीहरुका परिवारका सदस्य र नजिकका साथीहरुको मात्र उपस्थिति रहेको थियो । टीभी सिरियलकी ‘नागिन’को रुपमा चर्चित मौनी र सुरजको विवाहका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर भइरहेका छन् ।
सुरज एक इन्भेष्टमेन्ट बैंकर हुन्, उनी दुबईमा बस्दै आएका छन् । विवाहका लागि मौनी सोमबार मुम्बईबाट गोवा पुगेकी थिइन् ।
प्रतिक्रिया