साउदी जान पुष महिनामा १७ हजार ७ सय बढिको श्रम स्वीकृति, यूएईमा कति ?

३ बर्ष अगाडि

काठमाडौं - वैदेशीक रोजगारीमा विदेश जानका लागि पुस महिनामा सबैभन्दा बढी साउदी अरब जान १७ हजार ७ सय ५ जनाको श्रम स्वीकृति भएको  छ । वैदेशिक रोजगार विभागले तयार पारेको मासिक प्रतिवेदन अनुसार साउदी अरबपछि यूएई जानेको श्रम स्वीकृति भएको छ । 

यूएई जान ६ हजार ९१ जनाले श्रम स्वीकृति लिएका छन् । पुसमा कतार जान ५ हजार ७ सय ८३ जनाले श्रम स्वीकृति लिएका छन् । मलेसियामा संस्थागतरूपमा एक जनाको पनि श्रम स्वीकृति भएको छैन । 

अघिल्लो महिनामा जस्तै रोमानिया जाने क्रम पुसमा पनि देखिएको छ । रोमानियाका लागि २ सय १४ जनाको श्रम स्वीकृति भएको छ । 

ओमानका लागि ३ सय ६२ जना, कुवेतका लागि १ हजार ८ सय ३ जना, माल्दिभ्सका लागि १ सय ६२ जना, जोर्डनका लागि ४४ जना, साइप्रसका लागि २ सय ४७ जना, अष्ट्रियाका लागि ८ सय ३७ जना र रसियाका लागि ३० जना जनाले संस्थागत अर्थात् म्यानपावर कम्पनी मार्फत श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार पुसमा ३३ हजार १ सय ९३ जनाको श्रम स्वीकृति भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया