काठमाडौं - पुष महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली कामदारको संख्या केही घटेको छ । संस्थागतरूपमा जाने नयाँ कामदारको श्रम स्वीकृति भने केही बढेको छ ।
वैदेशिक रोजगार विभागले तयार पारेको मासिक प्रतिवेदन अनुसार पुसमा ३३ हजार १ सय ९३ जनाको श्रम स्वीकृति भएको छ । मंसिरमा संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत ३१ हजार ३१ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।
पुसमा व्यक्तिगत प्रयासमा नयाँ १ हजार ७ सय २२ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैधानिक माध्यमबाट १ हजार ७८ जना, पुनः श्रम स्वीकृतिका माध्यमबाट ३० हजार ६ सय १२ जनाको श्रम स्वीकृति भएको छ ।
मंसिरमा पुनः श्रम स्वीकृतिको माध्यमबाट ३९ हजार ८ सय ७७ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । समग्रमा पुस महिनामा ६६ हजार ६ सय २५ जनाको श्रम स्वीकृति भएको छ ।
मंसिरमा उक्त संख्या ६९ हजार ४ सय ४३ थियोे । विभागको प्रगति विवरण अनुसार पुस महिनामा ८ सय ५४ मध्ये ६ सय ५७ म्यानपावर कम्पनीले कामदार पठाउन श्रम स्वीकृति लिएका छन् ।
प्रतिक्रिया