पुनर्बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्ने

४ बर्ष अगाडि

काठमाडौं-नेपाल पुनर्बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । 

कम्पनीले लगानीयोग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि मुद्धती निक्षेपमा लगानी  गर्ने भएको हो । कम्पनीले गोप्य शिलबन्दी प्रस्ताव गर्न आग्रह गरेको छ ।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी यस कम्पनीले तोकेको कोटेशन सम्बन्धी फाराम भरी माघ १९ गते कार्यालय समयभित्र गोप्य शिलबन्दी प्रस्ताव गर्न आग्रह गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया