काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चालक र आधारभुत सेयरधनीलाई हकप्रद सेयरको वापतको रकम जम्मा गर्न अनुरोध गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद जारी गर्न बुकक्लोज तोकेको कम्पनीले पहिलो चरणमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्पनीका सञ्चालक र आधारभुत सेयरधनीलाई हकप्रदको पैसा जम्मा गर्न अनुरोध गरेको हो ।
कम्पनीले फागुन ५ गतेभित्र रकम जम्मा गर्न अनुरोध गरेको छ ।कम्पनीले १०ः३ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरका ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ । हकप्रद जारी गर्ने प्रयोजनका लागि कम्पनीले माघ २१ गते शुक्रबार एकदिन बुकक्लोज गर्ने मिति तोकेको छ ।
बुकक्लोज अनुसार माघ २० गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र हकप्रद पाउनेछन् ।
प्रतिक्रिया