१० प्रतिशत बोनस प्रस्ताव सहित ज्योति लाइफ फागुन ६ गते डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं,ज्योति लाइफ इन्स्योरेन्सले फागुन ६ गते साधारण सभा डाकेको छ। कम्पनीले बाटरफ्रन्ट रिसोर्ट, लेकसाइड, पोखरामा चौथो वार्षिक साधारण सभा डाकेको हो । सभा बिहान ११ बजे शुरु हुनेछ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न इन्स्योरेन्सले सभा डाकेको हो । 

सभाले लाभांश प्रस्तावका साथै बोनस शेयर वितरणपश्चात चुक्ता पूँजीमा परिवर्तन हुने भएका कारण इन्स्योरेन्सको प्रबन्धपत्र संशोधन गर्ने स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको चयन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ २४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउनका साथै इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

४ बर्ष अगाडि

प्रतिक्रिया