धेरै कामदारको श्रम स्वीकृति निकाल्दै प्याराडाइज इन्टरनेशनल शीर्ष स्थानमा

३ बर्ष अगाडि

काठमाडौं - पुष महिनामा सबै भन्दा धेरै कामदारको श्रम स्वीकृति निकाल्दै प्याराडाइज इन्टरनेशनल प्रा।लि म्यानपावर कम्पनीको शीर्ष स्थानमा रहेको छ । 

कम्पनीले पुस महिनामा ५ सय ३१ कामदारको श्रम स्वीकृति निकालेको छ । कात्तिक महिनामा पनि उक्त म्यानपावर  कम्पनीले ८ सय ४६ पुरूष र ८३ महिला गरी ९ सय २९ जनाको अन्तिम श्रम स्वीकृति निकालेर सूचीको पहिलो स्थानमा रहेको थियो । 

मंसिरमा ६ सय १२ कामदारको श्रम स्वीकृति निकाल्दा उक्त कम्पनी सूचीको तेस्रो स्थानमा थियो । ५ सय २ जनाको श्रम स्वीकृति निकालेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा।लि। पुस महिनामा सूचीको दोस्रो स्थानमा रहेको छ । 

यस्तै ४ सय ८५ जनाको श्रम स्वीकृति निकालेको फजल तेस्रो, ४ सय २९ जनाको श्रम स्वीकृति निकाल्दै एसओसएस सर्भिसेज प्रा।लि पाँचौं स्थानमा रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया