काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बिहीबार) पनि विन नेपाल लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएको छ ।
आज पनि कम्पनीको शेयरमूल्य १० प्रतिशत अर्थात रु.१२१.६० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.१ हजार ३३८.२० पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको ४२ हजार २१० कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
विन लघुवित्तको शेयरमूल्य केहीदिन देखि लगातार सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
प्रतिक्रिया