काठमाडौं - एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको २ वटा कम्पनीको संस्थापक समूहको सेयर आजबाट बिक्रीमा आएको छ ।
बैंकले आरएमडिसी लघुवित्त र नागरिक लगानी कोषको गरि कुल ६ लाख ३१ हजार ९ सय ६७ कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको हो । जसमा आरएमडिसी लघुवित्तको ३ लाख ६५ कित्ता र नागरिक लगानी कोषको ३ लाख ३१ हजार ९ सय २ कित्ता संस्थापक शेयर रहेको छ ।
बैंकले नागरिक लगानी कोषको सेयरको न्युनतम मूल्य ११ सय ८३ रुपैयाँ र आरएमडिसी लघुवित्तको सेयरको न्युनतम मूल्य ४९४ कायम गरेको छ आवेदकले सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ ।
हाल कायम संस्थापक वा जो कोहि व्यक्ति, संघ संस्था कम्पनीले उक्त सेयरमा आवेदन दिन सक्ने छन् । नागरिक लगानी कोषको सेयरमा भने बैंक वित्तीय संस्था र बीमाले मात्र आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया