सिटिजन्स बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यनतम मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं - सिटिजन्स बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा आएको छ । कम्पनीले ३० हजार कित्ता संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य एक सय ४३ रूपैयाँ तोकिएको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । 

आवेदकले आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, नारायणहिटी पथ, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिनु पर्ने छ । तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया