शिखर इन्स्योरेन्सले ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद बिक्रीका लागि तोक्यो बुकक्लोज मिति

४ बर्ष अगाडि

काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि बुकक्लोज तय गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्काशनका लागि माघ २१ गते शुक्रबार एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको हो ।

बुकक्लोज मिति अनुसार माघ २० गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र इन्स्योरेन्सको बिक्री गर्ने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रदमा आवेदन दिन पाउनेछन् ।

केही दिनअघि इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट १ बराबर ०.३ अनुपातमा ५२ हजार ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो । 

सोही हकप्रद बिक्रीका लागि कम्पनीले बुकक्लोज तोकेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया