डिप्रोक्स लघुवित्तको पूँजी वृद्धि अनुपातमा खुद नाफा बढ्न नसक्दा वार्षिक प्रतिसेयर आम्दानी खस्कियो

४ बर्ष अगाडि

काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ महिनामा ३३ करोड ४४ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममाको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ३२ करोड ४० लाख १ हजार नाफा कमाएकोमा ३.२३ प्रतिशतले बढेको हो । खुद ब्याज आम्दानी समान्य बढेसँगै लघुवित्तको नाफा बढेको हो ।

साथै पूँजी वृद्धिको अनुपातमा खुद नाफा बढ्न नसक्दा वार्षिक प्रतिसेयर आम्दानी खस्किएको छ । चुक्ता पूँजी ३८ प्रतिशतले बढेको लघुवित्तको इपिएस १६.२४ रुपैयाँले घटेर ४८.२१ रुपैयाँमा झरेको हो । गत आवको यसै अवधिमा ६४.४५ थियो ।

चुक्ता पूँजी एक अर्ब ३८ करोड ७४ लाख ९८ हजार रहेको लघुवित्तको जगेडा कोष १३.२५ प्रतिशत बढेर १ अर्ब ३६ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म लघुवित्तले ७ अर्ब ३९ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन तथा ७ अर्ब ५४ करोड १० लाख रुपैयाँ सापटी गरी १७ अर्ब ९ करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीग्क्षा अवधिमा लघुवित्तको निक्षेप २७.८२ प्रतिशत, सापटी १०.४३ प्रतिशत र कर्जा लगानी २३.४७ प्रतिशत बढेको छ ।

यसबाट लघुवित्तले ७१ करोड ३० लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा ४७ करोड २९ लाख ९९ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । 

गत आवको यसै अवधिमा खुद ब्याज आम्दानी ६६ करोड १४ लाख ९१ हजार रुपैयाँ गर्दा सञ्चालन नाफा भने ९२ करोड ५१ लाख ६३ हजार ऋणात्मक थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया