छ महिनामा रु.१ अर्ब ५७ करोड राजस्व सङ्कलन

४ बर्ष अगाडि

महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक अर्ब ५७ करोड १६ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ ।
    
यो लक्ष्यको तुलनामा १९१ दशमलव ९० प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले रु ८१ करोड ८९ लाख ५६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत एवं सूचना अधिकारी दिव्यरञ्जन दाहालले जानकारी दिए । 

कार्यालयले गत साउन महिनामा सबैभन्दा बढी १२१ प्रतिशत र गत पुसमा सबैभन्दा कम ६६ प्रतिशत लक्ष्यको तुलनामा बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालयका राजस्व शाखाका नायब सुब्बा शशि विश्वकर्माले बताए ।

कार्यालयले चालु आर्थिक वर्षको अहिलेसम्मको प्रत्येक महिनामा लक्ष्यभन्दा बढी नै राजस्व सङ्कलन गर्दै आएको बताउँदै उनले समग्रमा लक्ष्यको तुलनामा ९१.९० प्रतिशत बढी राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया