सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ्ग विधिबाट ६० लाख कित्ता शेयर निष्काशन प्रस्ताव अनुमोदन

४ बर्ष अगाडि

काठमाडौं, सर्वोत्तम सिमेन्ट लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

मंगलबार भएको उक्त सभामा सर्वप्रथम, लेखा परीक्षकको प्रतिवेदनसहितको आव २०७७/२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने निर्णय भएको कम्पनीले जनाएको छ। 

साथै, विशेष प्रस्तावहरुअन्तर्गत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन ६० लाख कित्ता शेयर निष्काशन बुक बिल्डिङ्ग विधिबाट गर्ने निर्णय भएको छ। 

त्यसैगरी, धादिङ जिल्ला रोरांग गाँउपालिका स्थित कान्द्रांगगढी चुनढुंगा भण्डारणको उत्खनन कार्यका लागि १५ करोड १ लाख रुपैयाँमा खानी खरिद गर्ने सञ्चालक समितिको निर्णयलाई अनुमोदन गर्ने निर्णय समेत गरिएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया