काठमाडौं, सिद्धार्थ बैंक लिमिटेडले बुधबार काठमाडौंको सिनामंगलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
बैंकले सिनामंगल क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्याउने उद्देश्यका साथ उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।
सजिलो बैंकिङ सेवा (शाखारहित बैंकिङ), एटीएम, पीओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने तथा डेबिट र क्रेडिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटीएम कार्ड, ४५० भन्दा बढी व्यावसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको क्रेडिट कार्डजस्ता सेवामार्फत बैंकले उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया