काठमाडौं, अमेरिकामा अनुसन्धानकर्ताहरुले कोभिड परीक्षणका लागि नयाँ विधिको विकास गरेका छन्। अनुसन्धानकर्ताहरुले स्मार्टफोनमा आधारित डाइग्नोस्टिक उपकरणको विकास गरेका हुन् ।
यस उपकरणका माध्यमबाट र्यापिड टेस्टमा लाग्ने समय २० मिनेट हुनेछ। यस उपकरणको सहयोगबाट पीसीआर परीक्षण जस्तै एकुरेसीकासाथ परीक्षण गर्न सकिन्छ। यसमा सानो डिटेक्टरको सहयोगमा कोरोना संक्रमण पत्ता लगाउन सकिन्छ।
हार्मोनी नाम गरिएको यस परीक्षण किटलाई वाशिंगटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले विकास गरेका हुन्। उनीहरूका अनुसार यो परीक्षण संक्रमणमा जेनेटिक मेटेरियलको पनि पहिचान गरेको छ। यस कारण पनि ओमिक्रोन भेरियन्ट पनि सजिलैसँग पत्ता लगाउन सकिन्छ। पीसीआर परीक्षणको रिपोर्ट आउनलाई केहि घण्टा लाग्ने गर्दछ जबकि हार्मोनी किट २० मिनेटभन्दा पनि कम समयमा र सोहि एक्युरेसीका साथ रिर्पोट दिनेछ ।
परीक्षणमा स्मार्टफोनको डिटेक्टरबाट कनेक्ट गरेर प्रयोग गरिन्छ, डिटेक्टरमा परीक्षण नमुनालाई राखेर सञ्चालन गरिन्छ। सञ्चालन गर्नकालागि २० मिनेटपछि स्मार्टफोनमा संक्रमण पोजिटिभ वा नेगेटिभ भएको पुष्टि गर्न सकिन्छ ।
पीसीआर परीक्षण ९५ प्रतिशत एक्युरेट हुने गर्दछ । तर हार्मोनी किट ९७ प्रतिशतसम्म एक्युरेट रहेको छ । अनुसन्धानकर्ताहरुका अनुसार नयाँ भेरियन्टमा कुनै नयाँ म्युटेसन रहेको छ तर पनि किटले पुष्टि गर्न सकिन्छ। य
स्कटल्याण्डमा वैज्ञानिकहरुको एक समुहले कोरोना पुष्टि गर्ने एक नयाँ प्रयोग भइरहेको छ। अब एक्सरेका माध्यमबाट पनि पत्ता लगाउन सकिनेछ। एक्सरेका माध्यमबाट कोहि मानिस कोरोना संक्रमित छ कि छैन भन्ने पुष्टि हुन सक्छ। वैज्ञानिकहरुले यस तरिकालाई ९८ प्रतिशत विश्वसनिय मानिन्छ। जानकारीका अनुसार यसको नतिजा केवल पाँच देखि १० मिनेटमा पाउन सकिन्छ।
प्रतिक्रिया