लगातार ओरालो लाग्दै शेयर बजार, कारोबार रकम पनि ४ अर्बमा खुम्चियो

४ बर्ष अगाडि

काठमाडौ, साताको चौथो कारोबारको दिन (बुधबार) पनि शेयर बजार ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि नै बजारले निरन्तर ओरालो यात्रा तय गरिरहँदा लगानीकर्ताहरूको मनोबल पनि घट्दै गइरहेको छ । गत ४ दिनमा नेप्से सूचक १५४.७३ अंकले घटेको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.४२ अंकले घटेर २७७६.६५ विन्दुमा पुगेको छ । नेप्से १.३७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.५६ अंकले घटेर ५१८.३८ विन्दुमा झरेको छ ।

कारोबारमा आएका कूल २३३ कम्पनीको ९३ लाख ५८ हजार ७ सय कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहको शेयर घटेको छ । 

बुधबार अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ७७ लाख ५७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज २ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर १ हजार २ सय १६ रुपैयाँ ६० पैसा र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ६३ रुपैयाँ २० पैसा पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया